आईजीपी नियुक्तिमा फेरि वरीयता मिच्न खोजेको हो, देउवा सरकारले ? (भिडियो सहित)

सुरक्षा निकायका प्रमुखहरु निवृत हुनु एक महिना अघि विदा बस्ने परम्परागत नियम थियो । नियमको व्यवहारिक कार्यान्वयन गरिएको हुन्थ्यो भने नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) क्षेत्री अस्ति १८ चैत्रबाट विदा बस्नु पर्ने थियो । अनि थापाको स्थानमा त्यही दिनबाट वरिष्ठ एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) विश्वराज पोखरेललाई कार्यवाहक महानिरीक्षकको जिम्मेवारी दिइनु पर्दथ्यो ।

तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले थापालाई विदा पठाएर वरिष्ठ एआईजी पोखरेललाई कार्यवाहक महानिरीक्षकको जिम्मेवारी दिएको छैन । बरु महानिरीक्षक थापा अनिवार्य विदा बस्नु पर्ने अघिल्लो दिन अर्थात १७ चैत्रको बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन जना डिआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रसिं धानुकलाई एआईजीमा बढुवा गर्यो । अनि मन्त्रिपरिषद् निर्णयको मसी सुक्न नपाउँदै हतार–हतार उनीहरुको काँधमा दर्ज्यानी चिन्ह थमाइयो । उनीहरुका काँधमा आईजीपी थापा र वरिष्ठ एआईजी पोखरेलले दज्र्यानी पहिर्याई दिए ।

त्यस दिन बढुवा भएर फुली लगाउनेमध्ये पन्त थापासँगै १९ बैशाखमा निवृत हुँदैछन् । सिंह र धानुकलाई भने प्रहरी महानिरीक्षकमा वरिष्ठ एआईजी पोखरेलका प्रतिस्पर्धी भनेर हल्ला गरिदैछ । तर, निर्विवाद तथ्य के हो भने पोखरेलभन्दा १० महिनापछि बढुवा भएका सहकुल थापा र डेड वर्ष पछि मात्र बढुवा भएका सिंह एवं धानुक कसरी उनका प्रतिस्पर्धी हुन सक्छन् ? अर्को रोचक सत्य के भने वरिष्ठताका आधारमा पोखरेलले नै दर्ज्यानी चिन्ह लगाई दिएका एआईजीहरु उनकै प्रतिस्पर्धी कसरी हुन्छन् ? (बाँकी भिडियोमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *