कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा 

तर कांग्रेस महामन्त्री शर्माले लेखेजस्तो तत्कालीन अर्थमन्त्री महेश आचार्यले अर्थमन्त्रीबाट नभई रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

काठमाडौं, ७ वैशाख

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । 

मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् । 

विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’ 

कांग्रेस महामन्त्री विश्वप्रकाशले अर्थमन्त्रीको नाम उल्लेख नगरी उनको राजीनामा माग गरेका छन् ।

 ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति !,’ विश्वप्रकाशले नाम नलिई यसरी राजीनामा माग गरेका छन् । 

स्मरण रहोस् महेश आचार्यले राजीनामा दिँदा उसबेला अर्थमन्त्री रामशरण महत थिए । आचार्य भने रक्षा मन्त्री थिए । आफू अर्थमन्त्री भएकाबेला तत्कालीन गर्भनर तिलक रावललाई बर्खास्त गरिएकाले सोही सरकारमा रक्षामन्त्री भएपनि नैतिकता प्रदर्शन गरेको महेश आचार्यको भनाई थियो । अर्थमन्त्री नहुँदा पनि राजीनामा दिएको स्मरण आजका मितिमागर्दा आचार्यले अझ बढी नैतिकता प्रदर्शन गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *