चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

ढाका, ११ वैशाख

सन् २०१३ मा वंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ । आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा नामक आठ तले व्यावसायिक भवन भत्किएको थियो । 

भवन भत्किदा ११३४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ अरू घाइते भएका थिए । दुर्घटनाका घाइते करिब २५ सय जनालाई भवनबाट जीवितै उद्धार गरिएको थियो । यसलाई आधुनिक मानव इतिहासमा सबैभन्दा डरलाग्दो भवन दुर्घटना मानिन्छ । 

वंगलादेशको कपडा निर्माता र निर्यात संघका अनुसार भवन भत्किदा त्यहाँभित्र ३१ सय २२ जना मजदुर थिए । भवन भत्किदा धेरैले भूकम्प गएको भन्ने ठानेका थिए । २४ अप्रिलको बिहान लोडसेडिङ भएकाले भवनको माथिल्लो तलामा जेनेरेटर चलाइएको थियो । 

उक्त भवन पश्चिमी बजारहरूको लागि कपडा उत्पादन गर्ने कपडा कारखानाहरू सञ्चालित थियो । भवनमा कपडा कारखानाको अतिरिक्त एउटा बैंक, अपार्टमेन्ट र पसल रहेका थिए । भवनमा दरार देखिएपछि तल्लो तल्लामा रहेका केही पसल र बैंक तत्काल बन्द गरिएका थिए । 

अघिल्लो दिन दरार देखा परेपछि भवन प्रयोग नगर्न सरोकारवाला निकायले दिएको चेतावनीलाई भवनका मालिकहरूले बेवास्ता गरेका थिए । 

भवनमा दरार देखिदा पनि कपडा कारखानाका कामदारहरूलाई भोलिपल्ट फर्कन आदेश दिइएको थियो । बिहानको ‘रस आवर’ मा भवन भत्किएको थियो ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *