काठमाडौं महानगरको एमाले प्रत्यासी हुन् केशव स्थापित ।
सायद नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै पटक दलबदल गर्नेमा पर्दछन्, केशव स्थापित । २०४७ सालयता मात्र केशव स्थापितले दलबदल गरेको हिसाव गर्ने हो भने उनको प्रतिस्पर्धामा कोही पनि नआउने ठोकुवा गर्न सकिन्छ । अहिलेसम्म उनले ९ पटक एमालेमा ओहोरदोहोर गरेका छन् । उनले नेपाली कांग्रेस बाहेक सबैजसो पार्टी चाहारिसकेका छन् ।
केशव स्थापितले कहिले कुन पार्टी चाहारे ?
स्थापितको दलबदल इतिहास
१. एमाले
– २०५४ सालमा केशव स्थापित काठमाडौंको मेयर बने, एमालेबाट ।
२. माले
– एमाले फुटेर माले बनेपछि स्थापित उतै गए ।
३. एमाले (दोस्रो पटक)
– एमालेबाट फुटेर बनेको माले पार्टीले २०५९ मा एमालेसँग नै एकता गर्यो । र, स्थापित पनि एमाले फर्के ।
४. राजाबादी
– २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि उनी राजाबादी भए । र, राजाबाट काठमाडौं महानगरको मेयरमा मनोनित भए ।
५. प्रजापरिषद
– राजाको शक्ति क्षीण भएपछि उनी नेपालको पुरानो पार्टी प्रजापरिषदमा गए ।
६. एमाले (तेस्रो पटक)
– २०६४ को संविधानसभा निर्वाचनमा फेरि उनी एमालेमा फर्के ।
७. माओबादी
– एमालेको आठौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएपछि माओवादी बने र डा. बाबुराम भट्टराई सरकारमा उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त बने ।
८. संघीय समाजबादी
– दोश्रो संविधानसभाको चुनावमा काठमाडौं ६ बाट स्थापित उम्मेदवार बने र हारे ।
९. एमाले (चौथो पटक)
– मेयरको आकांक्षा राखेर स्थापित पुन एमाले फर्के । तर मेयरको टिकट नपाएपनि उनले २०७४ मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा टिकट पाए । उनी मन्त्री समेत बने । र, मन्त्री बनेको दुईबर्षपछि नै महिलामाथि दुब्यवहारको आरोप लागेपछि बर्खास्तीमा परे ।
अहिले फेरि उनी एमालेबाट काठमाडौंको मेयरको प्रत्यासी बनेका छन् । उम्मेदवारीको मेसोमा उनका सम्बन्धमा धेरै प्रतिक्रियाहरु आइरहेका छन् ।