गत भदौमा मात्र नयाँ पार्टीका रुपमा स्थापना भएको नेकपा (एकीकृत समाजवादी) ले दुई गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्षसहित निर्विरोध भएर खाता खोलेको छ ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमका अनुसार डोल्पा जिल्लाको काइके गाउँपालिका अध्यक्ष, छार्का तोङसोङ गाउँपालिका अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष सहित ६ वटा वडामा सम्पूर्ण सेट नै कलम चिन्ह वाहक नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।
