कविता र आरोग्यको स्वर रहेको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बुढा सुब्बा डिजिटलले जती जन्म बोलको नयाँ म्यूजिक भिडियो रिलिज गरेको छ । कविता श्रेष्ठ र आरोग्य गुरागाईंको स्वर रहेको यस म्यूजिक भिडियो फिल्मी शैलीको छ । यस्तो लाग्छ, यो कुनै फिल्मकै गीत हो । गीतको संगीत तथा शब्द राजेशकुमार श्रेष्ठको रहेको छ ।

यस गीत मार्फत आरोग्यले गायनमा ‘डेब्यू’ गरेका छन् । धेरैअघि देखि विभिन्न गायन प्रतियोगिताहरुमा खरो उत्रदै आएका आरोग्यले लामो समय संगीत प्रशिक्षण पनि लिएका छन् । गायिका कविता श्रेष्ठको स्वर पनि तारिफ योग्य छ ।

निरज लोहनी र बविना विश्वकर्माले मोडलिङ गरेको यस भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । समग्रमा सदावहार चल्ने बनेको छ, गीत–संगीत ।

जती जन्म बोलको गीत/भिडियो भित्र
गायन – कविता श्रेष्ठ/आरोग्य गुरागाईं
गीत/संगीत – राजेशकुमार श्रेष्ठ
मोडलिङ – निरज लोहनी/बविना विश्वकर्मा
कोरियोग्राफी– सुवास गौतम
सम्पादन– रोशन धिताल
म्यूजिक भिडियो निर्देशन – दिनेशसिंह ठकुरी
निर्माता – दिपकसिंह सावद
निर्माण कम्पनी – माता सुर्मादेवी प्रोडक्सन
रिलिज – बुढासुब्बा डिजिटल (युट्टुव च्यानल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *