कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

सुर्खेत, १३ वैशाख 

कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाकाे मेयरमा महिलाकाे उम्मेदवारी परेकाे हाे । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् । 

खाँडाचक्रका कांग्रेसकी तारा शाही
रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’
नारायणमा कांग्रेसबाट निर्मला खड्का

रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल

ढकाल यसअघि वीरेन्द्रनगरकाे उपमेयर थिइन् भने  खड्का यसअघि वडा सदस्य थिइन् ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *