मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध 

काठमाडौं, १४ वैशाख

उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *