हुम्लाको चंखेलीमा एमाले र नेकपा एसबीच चुनावी तालमेल

सुर्खेत, १४ वैशाख

हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएकाे छ । 

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।

यस्तै चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *