२१ जनाबाट ६ सय ७२ थान मोवाइल र ६० वटा ल्यापटप बरामद
अध्यागमन (इमिग्रेसन) विभागले काठमाडौंको बाँसबारीमा सिङ्गो घर नै भाडामा लिएर अवैध कार्य गरिरहेका २१ जना चिनियाँ नागरिकलाई ९ बैशाख मा पक्राउ गरेको थियो । (हे. पक्राउ परेका चिनियाँ नागरिकको नाम)


अध्यागमन उच्च स्रोतका अनुसार पक्राउ परेका २१ जना चिनियाँहरुको साथबाट ६ सय ७२ थान मोवाइल र ६० वटा ल्यापटप बरामद भएका भएका छन् । जसमा सबै ‘एप’ हरु चिनियाँ भाषाका ‘डाउनलोड’ गरिएको छ । चिनियाँहरु पक्राउ परेको घरबाट एनसेल र एनटिसीका सिम मात्र १ बोरा बढी बरामद भएको अध्यागमन स्रोत बताउँछ ।
स्रोतका भनाइमा पक्राउ चिनियाँहरुले नेपाली भूमि प्रयोग गरेर आफ्नै मुलुक चीन, भारत, पाकिस्तान, ताइवान, हङकङलगायत देशमा अवैध नेटवर्क विस्तार गरी अनलाइन ठगी गरिरहेका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीरुले दैनिक करोडौंको ठगी गरिरहेको देखिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको सम्बन्धित निकायहरु बताउँछन् ।