बालेनलाई पूर्व सचिव भिम उपाध्यायको ६ विशेष अनुरोध

सामाजिक सञ्जालमा पूर्व सचिव भिम उपाध्यायको सक्रियता आमरुपमा नै अतुलनीय छ । उनलाई पछ्याउनेहरुको संख्या झनै लोभलाग्दो छ । १८ गते विहान उनले काठमाडौं महानगरका मेयरका प्रतिद्धन्दी बालेन शाहलाई दिएको ६ बुँदे विशष अनुरोध पनि विशेष नै लाग्छ । उनले उल्लेख गरेका ६ बुँदा यस्ता छन्–

यस्ता छन्, बालेनलाई भिम उपाध्यायका ६ बुँदे विशेष अनुरोध
. आजै महान नेता स्व. गणेशमानको शालिकमा गएर श्रद्धान्जली अर्पण गर्दै उनको लौरोलाई साक्षी राख्दै काठजनताको सेवा गर्ने आशिर्वाद र वर माग्नुहोला । श्रद्धासुमन अर्पणको क्रममा पितृ गणेशमानले पूरा गर्न बाँकी काठमाण्डौँलाई ‘आहा काठमाण्डौँ’ भन्ने शहर बनाउन र सुशासन ल्याउन बाँकी काम पूरा गर्न सक्ने शक्ति पाउँ भन्नुहोला ।
. सिर्जना भाउजू र प्रकाशमानसँग भेटेर सहयोग माग्नुहोला ।
. केशव स्थापितसँग भेटेर समर्थन गरिदिन अनुरोध गर्नुहोला ।
. शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड, बाबुराम र केपी ओलीसँग सकेसम्म १ मिनेट भेटेर भए पनि आशिर्वाद थाप्नुहोला ।
५. काठमाडौँस्थित पशुपतिनाथ, स्वयंभू, मस्जिद, गुरूद्वारा र चर्च जस्ता धार्मिक आस्थाका केन्द्रमा गएर काठजनताको हितमा काम गर्ने अवसर पाउँ भनी प्रार्थना गर्नुहोला ।
. ‘म कसैको विरूद्ध उठेको हैन, काठजनता, नेपाल र विश्व समुदायको हितमा यो प्रयास गरेको छु, म तपाईहरूकै भाइ–छोरा हुँ, कसैको अहित गर्नेछैन, सबैको मान गर्नेछु ’ भनेर सबैलाई आश्वस्त बनाउदै गर्नुहोला ।

पूर्व प्रशासक भिम उपाध्यायका विशेष अनुरोध भनेर समेटिएका यी ६ बुँदा कति सान्दर्भिक र आवश्यक ठान्ने हुन् बालेनले ? यो भिन्न कुरा हो । तर, ६ बुँदेलाई बालेनले शिरोधार्य गर्न सकेको खण्डमा भने राजनैतिक ‘स्टन्ट’ हुने चाहिँ ज्ञारेन्टी गर्न सकिन्छ ।

तस्बिर उपाध्यायको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *