खासमा प्रहरी संगठनलाई मामाको घरजस्तो बनाइएको छ । त्यसैले धेरैले प्रहरीलाई मामा–मामा भन्छन् । प्रहरी संगठनलाई नेताहरुले मनमर्जी गर्ने, उपद्राईँ गर्ने थलो बनाएका छन् । जे पनि मन लागेको गर्ने भनेजस्तो मामाको घर बनाएका छन् । र, मामाको घरमा जे गरेपनि हुन्छ भन्ने मनोविज्ञानले ग्रस्त छन् नेताहरु । यो मनोविज्ञानलाई रोक्ने र छेक्नुपर्ने प्रहरी संगठनको नेतृत्वले हो । तर ती नेतृत्व आँटिला भएनन ‘बरु म छोड्छु तर यो मान्दिन भन्ने दृढ भएनन्, छैनन् ।
उदाहरणका रुपमा एउटा घटना मेरै सन्दर्भमा भन्दा म प्रशासन विभागमा थिएँ । नेपालभरको सबै खरिद प्रक्रियालाई मैले हेर्थें । मैले एउटा पनि ठेकेदारलाई भेटिनँ । ठेक्का अर्बौ रुपैयाँको हुन्थ्यो । पद्वतिमा जाने हो, जो–जो लाई दिने हो मैले यसमा किन टाउको दुखाउनु भनेर त्यही बेला केही कुराहरु नीतिगत रुपमा अभ्यास गर्न थालेँ । प्रहरी प्रधान कार्यालयलाई ठेकेदारको कार्यालय बनाउनु हुँदैन यो विसंगती र विकृति छिर्ने मुख्य छिद्र यही नै हो भन्ने मलाई थाहा थियो । अख्तियारदेखि सबैको ध्यान पनि यसैमा जान्छ । त्यसकारण प्रहरी प्रधान कार्यालयलाई नितान्तरुपमा नीतिगत निर्णय लिने कार्यालयको रुपमा बनाऔं । यसले गर्दा नैतिक रुपमा आइजीपी पनि बलियो हुन्छ भनेँ ।
यो ठाउँलाई ठेक्कापट्टा गर्ने नबनाऔं मलाई यहाँ ठूलठूला भुँडी भएका ठेकेदारहरु आएको मन पनि पर्दैन भनेर मैले भनेको थिएँ । यहाँ लत्ता कपडा किनेर त्यहाँ पु¥याउँनुभन्दा त त्यही सुर्खेतमा किनेर पु¥याउनु सजिलो हो भनेर मैले त्यही प्रयोग गरेँ । के गरे भने जुत्ता किन्ने बेला मैले यहाँबाट रकम निकाशा गरिदिएँ, त्यही ५ करोड जति थियो । तर मैले पूर्वाञ्चल र सुर्खेतमा किन्ने जुत्ताको गुणस्तर चाँही हेर्छु भनेको थिएँ । त्यति बेला नै सबैभन्दा राम्रो गुणस्तरको जुत्ता पनि आयो । सामान्य कुरा हो, तर हामीले सामान्य कुरालाई पनि जटिल बनाएकाछौंं । आनावश्यक र अनुचित लाभ र लोभ भएका कारणले बिग्रिएको हो । यो एउटा उदाहरण मात्र भयो ।
अनि त्यही अवधिमा त्यहाँ हतियार किन्ने कुरा आयो । त्यो पहिले नै बजेटमा हाली सकेको थियो । १ अर्ब ५० करोड रुपैयाँको हतियार खरिद गर्नु भनेर नेपाल प्रहरीका लागि बजेटमा छुट्टाईएको थियो । तर म त्यो भन्दा पहिले नीति योजना निर्देशनालयमा थिए । के किन्ने ? कस्तो किन्ने भनेर नेपाल प्रहरीको योजना हुन्छ । प्राथमिकतामा त्यो हतियार किन्ने भन्ने कुरै छैन । त्यतिबेला २४–२५ सय युनिटहरुमध्ये १२–१३ सय युनिटहरुमा त शौचालय नै थिएन । छानो छैन, भात पकाउने भाडा छैन । त्यसपछि मैले एउटा तथ्याङ्क निकाले । हामीले के भन्यौं भने आधारभूत आवश्यकताका कम्तिमा शौचालय र आफ्नै ब्यारेक बनाउनुपर्छ । सरकारले नसक्ने भए दाता खोज्छौं बरु भनेर हामी लाग्यौं र एकेडेमी बनाउने भनेर भारतबाट मेरै पालामा नै ९ अर्ब सहयोग ल्याएँ । यस्तै गरेर हतियारका लागि यो पैसा कसरी छुट्याइयो भनेर खोज्दै जाँदा यो लामो श्रृङखला रहेछ ।
यता खाना छैन, तेल, ग्यास, पानी फोहोरा हान्ने छैन, जाडोमा लत्ताकपडा छैन, उच्च पहाडी र हिमाली क्षेत्रमा सिपाहीले चिसोमा ज्याकेट पनि लगाउन पाएका छैनन् भन्दा पैसा नपाइने तर यहाँ हतियार किन्ने ? यसबारे के हो भनेर बुझ्दा मैले हतियार किन आवश्यक छैन भनेर आईजी उपेन्द्रकान्त अर्याल र सचिव सिलवाललाई बताएँ ।
अहिले भर्खर हामीले संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गरेका छौं । यदी अभाव हुँदो हो त त्यहाँ पनि महशुस हुँदो हो । हाम्रो जनशक्ति अनुसार सबैलाई पुग्ने हतियार छँदैछ । माओवादी युद्धताका त्यसै धेरै हतियार भित्रिसकेको छ । फेरि हतियार प्रयोग गर्ने हाम्रो निकाय पनि होइन त्यसैले हामीलाई हतियार आवश्यक होइन । हतियार प्रयोगकालागि व्याकअप बलमा सुरक्षा एपीएफ छदैछ । किन हतियारमा जान प¥यो हामी त बिना हतियारतिर पो जान पर्ने हो त भनेर मैले निकै तर्क संगत उदाहरण दिएर त्यो कुरा सम्झाएँ । यो निकै ठूलो रकम हो, हाम्रो थुप्रै युनिटमा शौचालय बन्छ । जुम्ला–हुम्लामा लताकपडा पुग्छ भन्दा पनि यो पैसा बजेटमा जुन शिर्षकमा छुट्टाइएको छ त्यो भन्दा यताउति (रकमान्तरण) हुँदैन भन्नुभयो । अब यो घटनाले नै सबै कुरा छर्लङ्ग पार्छ ।
कानूनमा पनि हातहतियार गोली गठ्ठा किनबेच सम्बन्धि पनि छुट्टै बिशेष व्यवस्था छ । के हुन्छ भन्दा स्वस्थ प्रतिस्पर्धा हुँदैन । बाहिर सार्वजनिक हुँदैन गुपचुपमा किनिन्छ । गुपचुपमा किन्दा सरकार –सरकारबीच खरिद गरौं न नत्र हुँदैन भने मैले । तर यसमा बबाल होला, झन्झट होला, त्यसैले हुँदैन–हुँदैन यसको आफ्नै तपाईंहरुको प्रक्रिया छदैछ नि भनेर भन्नुभयो । यसमा के हुनेभयो भन्दा क–कसले यसमा सहभागि भएर सम्झौता गर्न सक्छन भनेर पहिले नै विशेष व्यवस्था अनुसार बन्द सूची तयार बनाएर राखेको हुन्छ । त्यसमा सार्वजनिक खरिद ऐन लागु हुँदैन । बिशेष खरिद ऐन व्यवस्था छ । त्यो सूचीमा आफ्ना मान्छेहरुलाई पहिले नै राखिसकेको हुन्छ र त्यो बाहेक अरुले सम्झौता नै गर्न पाउँदैन । त्यो सूची खोलेर ती निश्चित व्यक्तिहरुले त्यो हाल्ने भनेको प्रष्ट छ कि – बजेट पठाइएको छ खाउ भनेको हो ।
बैठकपछि मैले यो बारे सबै अध्ययन गरँे । प्रतिस्पर्धा नै छैन, त्यसले के ग¥यो भन्दा त्यो पुरा बैठकमा यो के हो ? कसले कति पैसा हाल्यो ? भनेर मैले हेर्न थालेँ । हेर्न थालेपछि त्यहाँ त अस्वभाविक रुप देखियो । मैले आफैले अलिअलि प्रविधि पनि जान्ने भएकाले म आफैले यसबारे अध्ययन गर्न थालेँ । यसको मूल्य कति पर्छ भनेर इन्टरनेटमा हेर्न थालेँ र बुझ्दै जाँदा त्यो मान्छे सिंगापुरको रहेछ । पालियो साभिस्टानी नामको मान्छे रहेछ । मलाई अझै पनि नाम याद छ । त्यो पालियो साभिस्टानीको कम्पनीले दलालको काम गर्ने रहेछ ।
त्यपछि मैले हाम्रो यस्तो यस्तो मिसन छ भनेर त्यो सँग कुरा गरे र कति पैसा पर्छ भनेर सोधे। त्यो म्यासेज प्रमाण मसँग अहिले पनि छ। गोटाको ३५० डलरमा दिन्छु र यो भन्दा बढी किन्ने हो भने हामीले मिलाउन सक्छौं भनेर उसले मलाई जवाफ पठायो । मैले त्यो जवाफ पनि राखेको छु । त्यसलाई सोध्दै जाँदा उसले ब्राजिलबाट ल्याउँने रहेछ। त्यसपछि मैले एउटा रिपोर्ट बनाए। त्यो मिटिङको फाइल असारको अन्तिम अन्तिमतिर म कहाँ आइपुग्यो ।
मैले ठेकेदार भेट्दैन्थे। ठेकेदार भेट्ने मेरो चलन नै छैन । ठेकेदारले आइजी भेट्थ्यो, सचिव, गृहमन्त्री वामदेव गौतम भेट्थ्यो । खास मान्छे वामदेव गौतम भेट्थ्यो । नाम नै सार्वजनिक पनि हुनपर्छ भन्नुहुन्छ भने दीपक भट्ट जी । अब यो कुरा आइसकेपछि मैले एउटा रिपोर्ट बनाए । र रिपोर्टमा के भने प्रहरी संगठनको विद्यमान आवश्यकता, शान्ति सुरक्षा अहिलेको चुनौती बजारको परल मुल्य भन्दा अत्याधिक भएकाले खरिद गर्नु उपयुक्त नभएको व्यहोरा सिफारिस गर्दछु भनेर आफैले लेखेँ र दस्तखत गरेर आइजी कहाँ पठाए । त्यसको दाम कति थियो भन्दा ७ सय ९८ डलर थियो । उसले मलाई ३५० भनेको थियो । मोलभाउ गर्दा ३०० डलरसम्ममा दिन्थ्यो होला । मैले हिसाब गर्दा झण्डै ९५ करोड घोटाला भन्ने कि नाफा के भन्ने त्यो देखिन्छ । मैले त्यही लेखेर पठाएँ र घुम्न निस्किएँ । १–२ गतेतिर पेश गरेर असार मसान्त नजिकिएकाले मलाई छिटो गर्न प¥यो भनेर दबाव दिइरहेका थिए । मैले असारको १५–१६ तिर त्यो गरेर २,३ दिन मात्र बाँकी रहेको समयमा यहाँ त खैलाबैला भयो । र मलाई आइजीपीले तुरुन्त आउनप¥यो भन्नुभयो । म उहाँकै निवासमा गए । गएपछि यो त साह्रै गाह्रो प¥यो मलाई त एमालेको महाधिवेशन छ दैनिक १५ लाख खर्च हुन्छ रे, त्यो पनि हामीले हेरिदिनुपर्छ ।
यसले गर्दा त पुरा सरकार गृहमन्त्री वामदेव जीलाई नै अफ्ठेरो पर्छ भन्नुभयो । सबैलाई हाम्रै कारणले अफ्ठेरो पर्छ भने राष्ट्रको चिन्ता त उनीहरुले पनि लिनप¥यो हामीले मात्र लिएर हुन्छ ? मैले भने । राम्रोसँग इमान्दारिताका साथ काम गर्नुपर्छ भनेर तिमीले नै प्रशासन विभाग पठाएको हौ त । मैले भने मैले गर्ने त्यति नै हो म सिफारिस गर्ने मान्छे हो । यस्तो सिफारिस भइ आएपनि मेरो कुरालाई खण्डन गरेर तिमी निर्णय गर । तिमी निर्णय गर्न सक्दैनौं भने माथि पठाइदेउ प्रक्रियामा हालिदेउ । सबैले आ–आफ्नो विवेकमा चल्ने त हो आफ्नो विवेक प्रयोग गर भनेँ । मेरो खण्डन गर भन्दा कहाँ हुन्छ मलाई जेल जानु छ र भन्यो । जेल जानु छैन भने पनि तिम्रो आत्माले यो काम देश लुट्ने कुरा ठिक छ जस्तो लाग्छ त ? तिमी जे गर्छौ गर भनेर म जुरुक्क उठेर त्यहाँबाट निस्किए ।
त्यसपछि मैले भनेको मान्दैन तिमी नै केही गर भनेर मेरो कार्यालयमैं दीपक भट्ट पठायो । केही गर्दा हुन्छ कि भनेर लगायो होला । दीपक आउने कुरा भएपछि मैले केही गोप्य–महत्वपूर्ण कुरा भन्छ होला भनेर रेकर्ड गरेको थिएँ । अहिले पनि त्यो सुरक्षित छ । कुरा गर्दै जाँदा अन्तिममा कुरा त आइहाल्यो । यस्तो हो कि नाइ भन्दा हो दाइ भन्दै भन्न थाल्यो – स्पष्ट कुरा त के भने नि त्यो ल्याउने बेला गृह मन्त्रालयमा यो भन्दा अघिको गृह मन्त्री विजय गच्छदारलाई पठाएँ । त्यो भन्दा अघि अर्थबाट ल्याउनलई सिन्जार्जेमीको साडुभाइ मार्फत त्यसलाई बजेटमा हाल्न लगाएँ । मेरो अहिले नै २० करोड लगानी भइसक्यो सही कुरा हो दाइ । अब हजुरहरुलाई हेर्नुपर्ने हुन्छ काम गरे वापत कत्रो ठूलो कुरा हो र १० आइजीले लिन्छ ५ हजुरले लिइसिन्छ भनेर भाग लगाएर आफ्नोमा १० राखेर सबै भाग मसँग बोल्दाबोल्दै लगाइसक्यो । अहिले त आफ्नै अनुकुलको समय र स्थिति छ । म जति पनि समान ल्याइदिन्छु । जति पनि बजेट ल्याइदिन्छु । अख्तियार पनि मेरो पक्षमै छ । न्यायलय पनि मेरै फेवरमा छ । त्यत्रो ९० प्रतिशत मिडिया एकातिर, कान्तिपुर एकातिर भएको कान्तिपुर पनि मेरै फेवरमा छ । यो सनौलो अवसर हो हामीले गुमाउनु हुँदैन भन्दै यताउति अनेक कुरा सुनायो । अन्तिममा मैले एउटै कुरा भनेँ तिमी फुटबल हेर्छौं भनेर सोधे र भनेँ – देशको यो बजेट भनेको भकुण्डो रहेछ है, जसले हाने पनि हुने भने । हैन दाइ त्यसो भन्नु भएन त्यो त फ्रिज हुन्छ नि भन्यो । फ्रिज भए के त्यो रकम भारत जान्छ ? सरकारकै ढुकुटीमा रहने हो । दुर्गममा केही विकासका काम होलान तर मेरो आत्माले नदिएको कुरा अब यसरी ५–१० भन्यो भने जेलमा हाल्दिन्छु भनेर भनेँ । त्यसपछि उ उठेर गयो ।
र, भोली पल्ट आइजीले मलाई बोलायो र म गएपछि लोकमानले बोलाएको छ भन्यो । त्यसको लोकमानसँग राम्रो सम्बन्ध छ मेरो सात्तो लियो । तिमीले गर्दा बर्वाद हुनेभो भनेर आइजीले मलाई भने । हुन्छ जाउ भनेँ र म र आइजी लोकमानकोमा गयौं । लोकमान त राजा महाराज जसरी बस्ने । तल गेटमैं आइजी र मलाई पनि चेकजाँच गरेर मात्रै भित्र पठाए । बर्दीमैं रहको आइजीलाई पनि जेकचाँज गरेर फोन नै बाहिर राख्यो । ठूलो कुर्सीमा महाराज जस्तो पैजामा लगाएर आएर बसेको त्यो दृश्य अहिले पनि सम्झन्छु । आइजी साब, के छ खबर भनेर कुरा सुरु भयो । मैले मेरो नाम भनँे अनि अँ राजेन्द्र साव मैले तपाईंको नाम सुनेको छु के के भन्यो । अनि यसो मनोविज्ञान बुझ्दा बढी नै आदरसम्मान खोज्ने जस्तो लाग्यो । मैले यो मान्छेलाई फरक किसिमले हेर्छु भन्ने सोचेँ र भनँे हुन त मलाई विश्वास लागेन । हजुरजस्तो त्यत्रो भुपालमानसिंह कार्कीको छोरा मुख्यसचिव जस्तो मान्छेबाट हामीले त धेरै अपेक्षा गरेको हजुरबाट । यस्तो कुरा आयो भनेर विश्वास नै लागेको छैन । त्यसैले के हो कुरा भनेर बुझ्न आइजी सावलाई मैले नै उहाँलाई भेटेर कुरा के हो भनेर यहाँ ल्याएर आएको हुँ भनेँ । यो कुरा मन प¥यो कि गदगद भएर हाँस्यो । खै कुन एउटा हतियार किन्न नहुने कुरामा हजुरको नाम पनि जोडेपछि भबिष्यमा हजुरको नाम पनि बदनाम होला यत्रो मान्छे, राज्य र सबै दलहरुले पत्याएको मान्छेका बारेमा यस्तो कुरा आएपछि सुशासनका लागि आफै लडिरहेको मान्छे । यो हुनैसक्दैन कान्तिपुरले बर्ष व्यक्ति भनेको मान्छेले यस्तो गर्छर ? भनेर म पत्याउँदै पत्याइन । त्यसैले आफैं सोध्न आएको हुँ भनेँ ।
त्यसपछि त हाँसेर अब त्यो कसले के भन्यो सामाजिक सम्बन्ध रहने क्रममा चाँसो मात्रै राख्या हो, कसले कहाँ के भन्यो ? मैले त्यस्तो कहाँ भन्छु बेकार त्यो कुरा । नियमले नमिल्ने कुरा संगठनमा आवश्यक नभएको कुरा नकिन्ने भए नक्किनुस न त, त्यो ठूलो कुरै होइन नि भन्यो । त्यो किन भन्यो भने मैले त्यो पृष्ठभूमि बनाएको कारणले । त्यसपछि चिया खाएर हामी त्यहाँबाट निस्कियौं । र मलाई अहिले पनि याद छ अख्तियारबाट गाडी पठाएर उपेन्द्र र म हिडेरै हिडक्वाटरसम्म आयौं । बाटोमा उपेन्द्रले तिमीलाई त्यस्तो भन्यो मलाई रातदिन सातो खाएर हैरान गरेको, भन्यो । खै मलाई त केही भनेन त भन्दा तिमी पनि निकै अफ्ठरो मान्छे भनेर बाटो भरि सुनायो मलाई ।
संगठनभित्र बाहिरका मान्छे किन चासो दिन्छन भन्ने सवालमा मैले यो घटना सुनाउँदैछु । तर, त्यो कुरा यहाँ सकिएन, मैले त्यो त्यही नै रोकिदिएँ । त्यसपछि २ वटा घटना घट्यो, म त्यहाँ (प्रशासन)बाट तुरुन्तै पुलिस एकेडेमिमा सरुवा भएँ । एकेडेमिमा पनि वामदेवको चित्त बुझेन । कति धेरै रिस उठेको हुँदो हो मलाई स्पष्टिकरण सोध्यो । के भनेर सोध्यो भन्दा – तपाईंले बजेटबाट निकालिएको रकम फ्रिज गराएको र आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको भएर तपाईंलाई किन कारबाही नगर्ने भनेर मन्त्रालयको पत्रबाट आइजीलाई कारबाही गर्नु र आइजीले स्पष्टिकरण सोधेको पत्र नै छ मसँग । र, भट्टले भनेको भिडियो नै छ ।
संगठनभित्र बाहिरका मान्छे किन चासो दिन्छन भन्ने सवालमा मैले यो घटना सुनाउँदैछु । तर, त्यो कुरा यहाँ सकिएन, मैले त्यो त्यही नै रोकिदिएँ । त्यसपछि २ वटा घटना घट्यो, म त्यहाँ (प्रशासन)बाट तुरुन्तै पुलिस एकेडेमिमा सरुवा भएँ । एकेडेमिमा पनि वामदेवको चित्त बुझेन । कति धेरै रिस उठेको हुँदो हो मलाई स्पष्टिकरण सोध्यो । के भनेर सोध्यो भन्दा – तपाईंले बजेटबाट निकालिएको रकम फ्रिज गराएको र आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको भएर तपाईंलाई किन कारबाही नगर्ने भनी आइजीले स्पष्टिकरण सोधेको पत्र नै छ मसँग । र, भट्टले भनेको भिडियो नै छ । क्रमशः
राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व एआइजी हुन् । निडर प्रहरी अधिकृतको छवी बनाएका भण्डारी स्पष्ट वक्ता पनि हुन् ।
(अडियो संवाद नेपालमुहारको युट्यूव च्यानलमा रहेको छ ।)