एमाले अध्यक्ष केपी शर्मा ओलीको मत खेर गएको छ । उनले मतदान गरेको वडामा विपक्षी पार्टीले जीत निकालेपछि मत खेर गएको हो ।
एमाले अध्यक्ष केपी ओली भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं २ का स्थायी बासिन्दा हुन् । २ नं वडाबाट कांग्रेसको प्यानलै विजयी भएपछि उनको सात मध्ये पाँच भोट खेर गएको हो । सूर्यविनायक नगरपालिका २ (बालकोट)बाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मतमा चित्त बुझाउनु परेको थियो ।
खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लव थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो वडाबाट चुनाव जितेर देखाउन सार्वजनिक मञ्चबाटै पटक पटक ‘च्यालेन्ज’ गरेका थिए । मत परिणाम आएपछि थापाको ‘च्यालेन्ज’ गलत ठहरिएन ।