पहिले हराउनेलाई अहिले हराउँदै सिंह

काठमाडौं, ९ जेठ 

उद्योग व्यवसायी हुँदै वीरगञ्‍ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् । 

 मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन् । 

अर्थात् समाचार तयार गर्दासम्मको विवरणअनुसार सरावगीले २० हजार २०५ मत पाएका छन् । प्रतिस्पर्धी राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्‍जले जनाएको छ । 

सरावगी एमाले र सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

२०७४ मा सरावगी तत्कालीन सङ्‍घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक

हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए । 

सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी तेस्रो भएका थिए । 

यस पटक भने उनी पहिले जितेका सरावगीलाई हराउँदै जित सिंह नजिक पुगेका हुन् ।  न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *