को हुन् ८ वर्ष अघिको बलात्कार अभियोगमा पक्राउ परेका मनोज पाण्डे ? (भिडियो सहित)

सन् २०१४ को एक सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट परिचालित प्रहरीले अस्ति ७ जेठमा मनोज पाण्डेलाई पक्राउ गर्यो । ग्लोवल मोडल भिसा कन्सल्टेन्सीका सञ्चालक पाण्डेले ८ वर्ष अघि सन् २०१४ मा ‘मिस ग्लोवल इन्टरनेसनल’ नामक प्रतियोगिता आयोजना गरेका थिए । त्यही प्रतियोगिता समापनपछि ‘सक्सेस पार्टी’ का नाममा आफूलाई बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएर पाण्डेले बलात्कार गरेको भन्दै किशोरीले अस्ति ४ जेठमा सामाजिक सञ्जाल टिकटकमार्फत तथ्य खुलासा गरेकी थिइन ।

त्यसपछि महिला अधिकारवादी र सामाजिक अभियन्ताहरुले आन्दोलन थालेका थिए भने संसदमा समेत यो विषयले प्रवेश पाएको थियो । यसपछि प्रहरीले उनको निगरानी बढाएको थियो । यससँगै ८ बर्षअघिको मुद्दा रातारात भाइरल बनेको थियो ।

को हुन् बलात्कार अभियोगमा पक्राउ परेका मनोज पाण्डे ?

बलात्कार अभियोगी पाण्डेको पुख्र्यौली थलो अर्घाखाँचीको ठूला पोखरा हो । उनका बाजे त्यहाँबाट आसाम बसाँई सरेका थिए । आसामबाट उनका बाबु कपिलवस्तुको साविक पिपरा गा.वि.स वडा नंं. २ (हाल वाणगंगा नगरपालिका) मा फर्किएका हुन् । उनको परिवार पिपरामा नाम चलेका स्थापित खान्दान हुन् । पाण्डे कपिलवस्तुको त्यहीँ पिपरा गाउँमा जन्मे हुर्केका हुन् ।

पाण्डेका बाबुआमा, भाई अमेरिकामा बसोबास गर्छन्, यसबेला । उनकी बहिनीको बसोबास अष्टे«लियामा छ । जानकारका अनुसार पाण्डेले बाबुबाजेको झण्डै ६ करोड रुपैयाँको जग्गा जमिन बेचेर सकेका छन् । उनी झट्ट हेर्दा मरन्च्याँसे र नपत्याउँदा छन् ।

रोचक के भने पाण्डे अधिकाशं समय एभरेष्ट, हायात, द्धारिकाज जस्ता तारे होटलमा मात्र बस्दथे । आवश्यक मानिसहरुलाई भेटन त्यहीँ बोलाउँथे । एकदमै महत्वकांक्षी स्वभावका पाण्डेमा ढाँटेर, लुटेर भएपनि तडकभडकपूर्ण जीवन जिउँनु पर्छ भन्ने सोंच छ । उनी विवाहिता हुन् । तर, श्रीमतीसँग पारपाचुके भइसकेको छ । परस्त्री गमनमा लम्पट यिनको कुकर्मबाट वाक्क भएर श्रीमतीले पारपाचुके गरेको जानकार बताउँछन् । यिनका सन्तान छैनन् । त्यसैले पछिल्ला वर्षका फुक्काफाल एक्लो जीवन बिताइरहेका छन् ।

परस्त्रीगमनमा यिनको कुलत स्थापित भइसकेको बुझिन्छ । ति किशोरीले ८ वर्ष अघिको घटना सार्वजनिक गरेपछि पाण्डेबाट पीडित अन्य महिला पनि प्रहरीको सम्पर्कमा पुग्नुले त्यो प्रमाणित हुन्छ । पाण्डे करिव तीन वर्ष अघि ठगी मुद्दामा चार महिना जेल बसेका थिए ।

पाण्डेबाट बलात्कारमा परेकी युवती काठमाडौंको पेप्सीकोला क्षेत्रकी हुन् । उनी आठ वर्ष अघिको सौन्दर्य प्रतियोगितामा ‘फष्ट रनर अप’ भएकी थिईन ।

स्रोतका अनुसार पाण्डेले बलात्कार गरेपछि ती युवतीको दैनिकी चौपट भएको थियो । उनी विज्ञान विषय पढिरहेकी थिइन । बलात्कारमा परेपछि त्यो विषय पढ्न नसकेपछि संकाय नै परिवर्तन गरिन् । उनी कतिसम्म विक्षिप्त भएकी थिईन भने तीन पटक आत्महत्याको प्रयास गरेकी थिईन् । अहिले पनि उनी मानसिक रोगको औषधी सेवन गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *