सर्वोच्च अदालतले हिजो मात्र थप ११ वर्ष कैद भुक्तानको फैसला गरेका पूर्व डिआईजी रञ्जन कोईराला पक्राउ परेका छन् । कोईराला केहीबेर अघि पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतले थप कैद भुक्तानको फैसला गरे लगत्तै कोइराला फरार भएका थिए । तर, उनी फरार हुन सक्ने संभावित स्थानहरुको निगरानी गरेर पक्राउ गरिएको स्रोतको भनाइ छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले पूर्व डिआईजी कोइराला पक्राउ परेको पुष्टि गरे । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको आदेशले कोइराला १५ साउन ०६८ मा छुटेका थिए । हिजो मात्र सर्वोच्च अदालतको पूर्ण इजलासले उनले थप साढे ११ वर्ष कैद बस्नु पर्ने फैसला गरेको थियो ।