यी हुन हराईरहेको जहाजका बरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे

आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए । लामा विदा मनाउन पोखराबाट जोमसोम जाँदै थिए ।

यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जाने उक्त जहाज उडाएका थिए, पाइटल प्रभाकर प्रसाद घिमिरेले । घिमिरे बरिष्ट क्याप्टेन हुन् ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका पाइलट क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह–पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् ।

उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।

यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने ।

तस्बिर-देवेन्द्र कोइरालाको फेसबुकबाट ।
(क्याप्टेन प्रभाकर प्रसाद घिमिरे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *