नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन ।
नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।
प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।
विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।
दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मङ्गल श्रेष्ठसहित पथप्रदर्शक
सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन् ।
विभिनन निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका उनले बताए । दुर्घटनाग्रस्त क्षेत्रमा पुग्न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ ।
विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ– २ को कोबाङ भिर हो ।