आईजीपी मुद्दामा के होला आदेश ?

जेष्ठता र वरिष्ठताक्रम मिचेर सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको विषयमा जेष्ठ एआइजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई हुँदैछ । यस मुद्दामा कस्तो आदेश आउँला वा सुनुवाईलाई फेरि पछि धकेलिएला ? सर्वत्र चासो छ ।

विगतका नजिरहरुलाई नियाल्ने हो भने यो मुद्दामा पोखरेलका पक्षमा आदेश हुने देखिन्छ । किनभने नवराज सिलवाल, दिनकर शम्शेर जबरा, यादवराज खनाललगायतले विगतमा दिएका रिटमा जेष्ठता, वरिष्ठता, बढी अंक भारका आधारमा बढुवा गर्नु भनेर सर्वोच्च अदालतले नै आदेश दिएको छ । सर्वोच्चका यस्ता आदेशलाई नजिरका रुपमा लिइन्छ ।

तर, मुद्दामा ठूलो चलखेल भयो भने यसै भन्न सकिने अवस्था छैन । किनभने सरकार यसै पनि न्यायालयलाई प्रभाव पार्न लागिपरेकै छ । सरकारले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई घटाएर अघिल्लो पटकको सुनुवाई समेत प्रभाव पार्न खोजेको थियो ।

आईजीपी मुद्दामा आजको सुनुवाईले न्यायालय प्रभावमा परे, नपरेको देखिनेछ । तर, के विस्वास गर्न सकिन्छ भने न्यायालय प्रभावमा पर्ने छैन । किनकी विगतका केही फैसलाले न्यायालय प्रभावमा नपरेको पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *