८० कटेका ४ सांसद (भिडियो सहित)

प्रतिनिधि सभामा सबैभन्दा जेष्ठ सांसद को हुन् ? यो प्रश्नले महत्व राख्छ संसदमा । किनभने सांसदहरुलाई सबैभन्दा जेष्ठ सांसदले सपथ खुवाउनु पर्ने व्यवस्था छ ।

यस पटक कस्ले खुवाउला सपथ भन्ने प्रश्नको जवाफ तयार गरिएको छ । जवाफ हुन् राप्रपाका नेता पशुपती शम्शेर जवरा । उनको उमेर ८१ भएको छ । नागरिकता अनुसार माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ८५ पुगेपनि त्यो गल्ती भएको भन्दै यादवले नै स्वघोषणा गरिसकेका छन् । यस कारण पनि राणाले सपथ खाने टुंगो लागेको हो ।

१. महिन्द्रराय यादव, माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद महिन्द्रराय यादवको उमेर नागरिकता अनुसार ८५ भएको छ । तर यो उमेर मान्न यादव नै तयार भएनन् । त्यसकारण उनी पछिको को भन्ने छानमिन गर्यो संसद सचिवालयले । अर्थात जेष्ठ नागरिकका रुपमा सपथ खुवाउन यादवले इन्कार गरेका छन् । उनी ८० बर्षको मात्र भएका छन् । यादव सर्लाही २ बाट निर्वाचित सांसद हुन् ।

२. पशुपति शम्शेर जवरा, राप्रपा
माओवादी केन्द्रका सांसद महिन्द्र यादवभन्दा जेठा छन् राप्रपाका सांसद पशुपती शमशेर जबरा । उनी ८० माथिका हुन् । संसद सचिवालयका अनुसार उनी ८१ बर्ष कटेका छन् । यस पटक राणाले नै सम्पूर्ण नवनिर्वाचित सांसदलाई सपथ खुवाउने छन् । नागरिकता अनुसारका जेठा सांसद यादव अनुपस्थित हुने र राणाले सबैलाई सपथ खुवाउने टुंगो लागेको संसद सचिवालयले वताएको छ । राणा समानुपातिक सांसद हुन् ।

३. चित्रबहादुर केसी, रा.जनमोर्चा
राणा पछि जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसी पाका सांसद हुन् । उनी ८० बर्षको भएका छन् । केसीको कुरा पत्याउने हो भने उनी नागरिकतामा उल्लेख भएको उमेरभन्दा ३ बर्ष जेठा छन् । केसी बाग्लुङबाट निर्वाचित सांसद हुन् ।

४. महन्थ ठाकुर, जसपा
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा सांसद महन्थ ठाकुरको उमेर पनि ८० बर्ष पुगेको छ । उनी महोत्तरी २ बाट विजयी सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *