मन्त्री भएपछि पारो झरेकाहरुको कथा (भिडियो सहित)

खासगरी टेलिभिजनकर्मी हुँदा हालका गृहमन्त्री रवि लामिछानेले धेरै आदर्शको कुरा गरेका छन् । रवि गृहमन्त्री बन्दैगर्दा वा उपप्रधानमन्त्रीको कुर्सीमा बस्दैगर्दा उनलाई मत दिनेहरुले ठूलो अपेक्षा राखेको हुनुपर्छ । तर, सुरुमा नै आफैंले लगाएको नारा ‘नो नट अगेन’को उल्लंघन, ४ जना उपप्रधानमन्त्री भएको क्याविनेट स्वीकार, तराईमा चिसोले कठ्यांग्रिएर विगतमा झैं भटाभट जनताको मृत्यु, आम मन्त्रीजस्तै सान सौकत प्रदर्शन लगायत रविको प्रारम्भिक व्यवहारले आम निरासा पैदा गर्न सुरु भएको देखिन्छ । के उनले परिणाम निकाल्न सक्लान् ? आसंका सुरु भएको छ ।

त्यसैगरी ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु जस्तै हो’ भनेर भाषण गर्दै आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि क्याविनेटमा चौथो उपप्रधानमन्त्रीमा गर्व गर्दै सपथ खाएका छन् । उनले पार्टीको तर्फवाट छानेका मन्त्रीहरुको विगत हेर्दा उनी सुरुमा नै डुबेको विश्लेषण गर्नेहरु धेरै छन् । यद्यपि रवि लामिछाने र राजेन्द्र लिङ्देन सुरुवाती चरणमा छन् । उनीहरुमाथि समीक्षा गरिहाल्ने बेला भने भएको छैन ।

आजको प्रसंग यस्ता प्रतिनिधि नेताहरुको हो, जो पहिलो पटक मन्त्री हुँदा नै खुईलिए । जनताको नजरमा आशलाग्दो हुँदा–हुँदै पनि विभिन्न खाले पार्टीगत र व्यक्तिगत रुचीमा फसे । उल्लेख्य वा आशलाग्दो काम गर्न सकेनन् । समग्रमा ‘भिजनलेस’ ठहरिए । (बाँकी भिडियोमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *