सुनको भाउ बढ्दा चाँदी घट्यो

बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *