राष्ट्रिय सभा बैठक सर्‍यो

बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि सरेको छ । 


बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 


उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *