ढल्केको ढाकाको टोपि । बाक्लो कालो ज्याकेट । मलिन अनुहार । छेउछाउमा राखिएका विभिन्न प्रकारका धागो , अनि अन्य सामग्रीहरु काखमा राखेर अदुरानो घरको भित्तामा अडेस लागेर बसेका एक मजदुर ।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ४ सिंगाचौर गाउँका सान्त बहादुर सार्कीको दैनिकि काम हो जुत्ता सिलाई ।
सार्कि अहिले उमेरले ३९ पुगे । जुम्ला खलंगा बजारको चन्दननाथ नगरपालिकाको कार्यालय नजिकै उनको एक सानो जुत्ता पसल छ । जुत्ता पसल स्थापना गरेको अहिले एक वर्ष पुग्न लागेको छ ।
उनको जुत्ता सिलाई पहिलो यात्रामा लाग्दै छन् । विगतका वर्षहरुमा ठुला ठुला भवन निर्माणको मिस्त्री काम गर्दे आएका सार्की अहिले मिस्त्री कामलाई बिट मारेर पछिल्लो समय जुत्ता सिलाई पेशामा होमिएका छन् । खड्क सुनारले मुगुबाट जुम्लासम्म पुगेर उनको बारेमा केही अवसर र चुनौतिका विषयमा प्रस्ट पार्न खोजेका छन् ।
उनको परिवार सुविधा सम्पन्न होईन । न्युन अवस्थामा बाँचिरहेको सान्तको परिवार अहिले उहि यात्रामा हिडिरहेको छ । दलित परिवारमा जन्म लिएका सार्किको परिवारमा अहिले एक श्रीमति , दुई छोरा रहेका छन् । छोरा अहिले सानै उमेरका छन् । विद्यालयमा पढ्दैछन् ।
सान्तकि श्रीमति घरमा मजदुर गर्छिन । बिगतका वर्षहरुमा मिस्त्री काम गर्दे आई रहेका सान्तलाई बिच बाटोमै ठुलो बज्रपात आई पर्यो । मिस्त्री काम गर्दे गर्दा एक्कासि उनलाई बिरामीले थला पर्यो ।
मिस्त्री काम गर्दा राम्रै आम्दानी गरि जहान परिवार धानेका सान्तलाई बिचमा खुट्टामा समस्या देखिए पछि सोही खुट्टामा चार पटक अप्रेशन गर्न पर्यो । उनलाई चार पटक सम्म अप्रेसन गर्नु पर्दा आर्थिक संकट आयो थप बोझ थपियो उनी माथि । घरमा आर्थिक अवस्था राम्रो छैन, छोराहरु साना श्रीमति मजदुर गरेर ल्याएको एक मानो खानाले जिन्दगी धान्दै थियाे ।
बिस्तारै बिस्तारै खुट्टा निको हुन थाले पछि उनी मिस्त्री काम लाई छोडेर जुत्ता पेशामा लागे । अहिले उनलाई यो पेशा फापेको छ । मासिक १० देखि २० हजारसम्म आम्दानि गर्ने गरेको उनले भने । अहिले जुत्ता ब्यवसाय गर्न थालेको एक वर्ष हुन लागेको छ ।
उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । जुम्ला बजारमा जुत्ता सिलाउनेको प्रतिस्पर्धा उत्तिकै छ । जुम्लामा दर्जनौ स्थानमा जुत्ता सिलाउने पसल भएता पनि उनीहरु सँग लड्दै सान्त आम्दानिको श्रोत जुटाउदै आएका छन् ।
मुलत सान्त सार्किको परिवार अहिले आरोको भरमा बाँचिरहेको छ । जसरी आरो र धागोले जुत्ता सिलाई रहेको छन् त्यस्तै उनले पनि आफ्नो जिन्दगि लाई माला जस्तै उन्देै गएका छन् । सान्तले जुत्ता पेशा बाट घर खर्च धान्नुका साथै केही आम्दानि लाई सुरक्षित राख्न सहकारीमा पनि दैनिक बचत गर्ने गरेका छन् ।
बचत गरेर राखेका पैशाले ऋण काडि जुत्ता सिलाई पेशा लाई आधुनिकीकरणमा पनि जोड दिने बताए । जुत्ता सिलाई गर्दा विभिन्न प्रकारका चुनौति खेपेका बताए । पहिलो पटक पसल स्थापना गर्दा ग्राहक न्युन हुनु , अनुभव पनि पहिलो पटक हुदा जुत्ता सिलाईमा अलि समस्या आयो ।
जुत्ता सिलाए बापत पाउने ज्याला रकम ग्राहक बाटै नमिल्नु । यस्तै समस्या लाई चिर्दे सान्त अहिले आफ्नो खुट्टामा उभिन थालेका छन् । घरमा उत्पादन गर्ने खेतिपातिले ६ महिना सम्म मात्र खान पुग्छ । जग्गा जमिन प्रशस्त मात्रामा छैन । कहिले त विहान के खार्औ , बेलुका के खाऔं राखौ भन्ने अवस्था पनि आएको छ सान्तले सुनाए ।