राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता गरौं : मेयर थापा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न आग्रह गरेका छत् । मानबीय आस्था नेपालद्धारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकारण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरुलाई यस्तो आग्रह गरेका हुन् । 

उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरु धेरै भएको चर्चा गर्दै विल मिलाएर पैसा खान खोज्ने संस्थाहरुलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे । 

मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरबासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंशा पत्र प्रदान गरेको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *