तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका शेर लाई

तश्रो रारा ट्रेल  रनको उपाधि जुम्लाको हिमा गाउपालिका ६ पातरखोलाका शेरबहादुर अधिकारीले हात पारेका छन् । अधिकारीले रारा ताल वरिपरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधी हात पारेका हुन् ।  

प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउपालिका ३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका-५ का दिपेन्द्र बोहोराले हात पारेका छन् । 

बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरेको श्री दल गुल्मले जानकारी दिएको छ । त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका-३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पारिन् ।  रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उनले पार गरेकी थिइन् । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक-९ की अनिता बुढा रहेकी छन् । उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाइने तेश्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका-२ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन् ।

बिजेता पुरुष तथा महिला खेलाडीलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार ३० हजार २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगितामा २ सय २२ जना सहभागी मध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधी सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *