एमसीसीको बिरोधमा राष्ट्रवादी युवाहरु सडकमा

‘अरु केही जान्दैनौ । एमसीसी मान्दैनौ’ लगायतका प्ले कार्ड बोकेका युवाहरु राजधानी काठमाडौंको सडकमा उत्रिएका छन् । अमेरिकाले नेपालमा लागु गरिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनका बिरोधमा युवाहरु सडकमा उत्रिएका हुन् । सडकमा उत्रिएका युवाहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लगायत नारा लगाएका थिए ।

नेपालमाथि अमेरिकाले आफ्ना स्वार्थ लाद्ने गरी एमसीसी परियोजना अघि सारेकाले राष्ट्रिय स्वाधिनताका लागि सडकमा आउनु परेको उनीहरुको भनाइ छ । सडकमा उत्रिएका एक युवा भन्छन्, ‘नेपालको सार्वभौम सत्ता विरुद्ध अमेरिकाले एमसीसी परियोजना ल्याएकाले राष्ट्रवादी युवा मोर्चा बनाएर हामी सडकमा आएका हौं । हामी कुनै पनि हालतमा एमसीसी लागु हुन दिनै छैनौ । किनभने यो नेपाल र नेपालीको हित प्रतिकुल छ ।’

त्यसैगरी एमसीसी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पनि आजै एमसीसी विरुद्ध आन्दोलन घोषणा गरेको छ । एमसीसी परियोजना नेपाल र नेपाली स्वाभिमान विरुद्ध भएकाकाले कुनै हालतमा लागु हुन नदिने विप्लवको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *