कंगोमा एक गाउँमा लडाकु समुहले आक्रामण गर्दा १४ को मृत्यु

अफ्रिकी देश कंगोको एउटा गाउँमा फेरि हमला भएको छ । 

मिलिशिया समूहका लडाकुहरूले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोली सेनाले सो आक्रमणको पुष्टि गरेको छ।

समाचार अनुसार कर्णेल मापेला म्विनियामाले भने कि कोडको मिलिशियाका केही सशस्त्र लडाकुहरू गोबु गाउँमा प्रवेश गरेका थिए। यस क्रममा लगातार गोलीबारी भएको थियो । 

कङ्गोली सेनाले जवाफी कारबाही गरेको थियो। यस क्रममा ९ सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिक मारिए। सोही क्रममा दुई सैनिक र दुई सर्वसाधारण घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *