झरना थापा निर्देशित फिल्म ुएक भगवत् गीताु को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार पत्रकार सम्मेलनगरि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई समेटिएको छ। पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ ।
सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत फिल्ममा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको फिल्ममा अनुरागमान सिंह कुँवर खलपात्रको चरित्रमा देखिएका छन् ।
सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन्।
यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।
ट्रेलर लिंक : https://youtu.be/BuVx0fqMQWg?si=MidIHbhPrmJ3vJad
