अक्षय कुमार अभिनित फिल्म ‘मिसन रानीगञ्ज’ को ट्रेलर सार्वजनिक (भिडिओ)

अक्षय कुमार स्टारर बलिउड फिल्म ‘मिसन रानीगञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । 

सोमबार पूजा इन्टरटेन्मेन्ट युट्यब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। अक्षय कुमार र परिणिती चोपडा अभिनित यो थ्रिलर फिल्मले कोइला खानीमा काम गर्ने मजदुरहरूको उद्धार अभियानलाई देखाइएको छ।ट्रेलरको प्रमुख विशेषतामध्ये सानदार चित्रण गरिएको पानीमुनिको एक दृश्य हो, जसमा अक्षय र अन्य प्रभावशाली कलाकारले हामीलाई उद्धार अभियानको झलक दिन्छन् ।

यो फिल्म सत्य घटनामा आधारित छ। ३४ वर्ष पहिला बंगालस्थित रानीगञ्जको कोइला खानीमा घटेको घटनालाई फिल्ममा देखाइने छ। त्यतिबेला अमृतसरका इन्जिनियर जसवन्त सिंह गिलले ६५ जना मजदुरको ज्यान बचाएका थिए। फिल्ममा जसवन्तको भूमिकामा अक्षय कुमार देखिएका छन्।

टिनु सुरेश देसाईंले निर्देशन गरेको फिल्ममा अक्षयसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायत कलाकारको अभिनय छ।

यो फिल्म ६ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

भिडियाे लिंक : https://youtu.be/Uh1jdtWhnLA

Leave a Reply

Your email address will not be published. Required fields are marked *