करण जोहरको निर्माणमा फिल्म ‘जिगरा’ बन्ने भएको छ।
मंगलबार निर्माण टिमले एक भिडिओ सार्वजनिक गरेको छ, जसमा आलियाको झलक देख्न सकिन्छ।
फिल्मलाई वासन बालाले निर्देशन गरिरहेकी छिन् भने आलिया पनि यस फिल्ममा सह(निर्माताका रूपमा संलग्न छिन्। करण जोहरको धर्मा प्रोडक्सनसँग मिलेर उनले फिल्म निर्माण गर्न लागेकी हुन्।
करण जोहरले ट्विटमा लेखेका छन् , ‘आलिया जिगरा’को लागि साहसी लडाइँ लड्न मैदानमा फर्किएकी छन्।’
फिल्म २७ सेप्टेम्बर २०२४ मा रिलिज हुनेछ।