सोलुखुम्बूको दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरमा बाबाजी बस्न बनाइएको आश्रममा विद्युत सर्ट भई आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आश्रम घर, लत्ताकपडा, भाडावर्तनलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै थप अनुसन्धान गरिरहेको छ ।