हुथी बिद्रोहीले हालै कब्जामा लिएको कार्गो जहाजको भिडियो सार्बजनिक गरेका छन् ।
हेलिकोप्टर लिएर गएका हुथी बिद्रोहीले सो पानी जहाजलाई कसरी अपहरण गरिएको थियो ? भन्ने भिडियोमा देख्न सकिन्छ ।
यमनको इरान समर्थित हुथी विद्रोहीले सशस्त्र समुह हेलिकप्टरबाट खसेको र दक्षिणी लाल सागरमा कार्गो जहाज कब्जा गरेको भिडियो फुटेज जारी गरेको वीवीसीले जनाएको छ ।
इरान समर्थित समूहले जहाजलाई अपहरण गरेको एक दिन पछि सो समुहको टिभी च्यानल अल मसिराहले फुटेज जारी गरेको थियो, जुन जहाजलाई ‘ग्यालेक्सी लिडर’ भनिन्छ, जुन इजरायलसँग जोडिएको थियो।
इजरायलले जहाज इजरायली नभएको जनाएको छ भने जापानी सरकारका प्रवक्ताले यो निप्पोन युसेनले सञ्चालन गरेको बताउँदै आएको छ ।