Connect with us

अर्थ

साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

Published

on

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०–८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख  पुगेको छ । यसैगरी आव २०७९–८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०–८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३  प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थामा मुलुकका ७७ जिल्लाका ५  सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.