Connect with us

अर्थ

३.९ प्रतिशतमा सीमित आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्दैछः ओली

Published

on

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार बने पछि अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् ।

केन्द्रिय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख भए अनुसार यसअघि ३.९ प्रतिशतमा सिमित आर्थिक बृद्दीदर अब ५.१ प्रतिशतले बढने दावी गरेका हुन्। 

‘अर्थतन्त्रमा सुधारः यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको  छ, पुँजी बजारमा सकारात्मक सुधार हुँदै आएको छ,’ उनले भनेका छन्, ‘ गतः वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ । पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको छ र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको छ । विश्वव्यापी रुपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको छ ।’

आर्थिक प्रगतिलाइ अघि बढाउनका लागि थप सुधारका कार्यक्रम अघि सारिएको पनि ओलीले जिकिर गरेका छन् । ‘मुलुकको अर्थतन्त्रकमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गतः वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ । करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिका लगायत पारित भई कार्यान्वयनमा आएका छन् । बिना अध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न, अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको छ,’ उनको दावी छ, ‘गतः  अर्थतन्त्र चलायमान हुने आधार तयार भएको छ । अर्थतन्त्रको वाह्य अवस्थामा तुलनात्मक रुपमा अनुकूल अवस्थामा छ । ब्याङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ ।’ 

उसो त बैंकिङ क्षेत्रमा सुधार गर्ने काम  पनि आफ्नो कार्याकालमा भएको दावी प्रधानमन्त्री ओलीको छ, उनले मुलुकको समग्र आर्थिक बृद्दीदर पनि परिवर्तन हुने दावी गरेका छन । ‘ब्याजदर एकल बिन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ,’ ओलीको दावी छ, ‘विश्व ब्याङ्कले गतः वर्र्ष ३।९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५।१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको छ ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.