Connect with us

अन्तर्राष्ट्रिय

मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन ?

Published

on

सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन्। मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख आवारा कुकुरहरूलाई मार्ने विचार गरिरहेको जनाइएको छ।

यो सफाई प्रयासले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ। मोरक्कोमा हरेक वर्ष ३ लाख सडक कुकुर मारिने गरेको रिपोर्टले देखाउँदै आएको छ । मोरक्कोले २०३० फिफा विश्वकप आयोजना गर्दैछ। मोरक्कोलाई सह आयोजक घोषणा गरे पछि सडक कुकुर मार्ने यो प्रक्रियाले थप गति पाएको जनाइएको छ ।

हरेक चार वर्षमा विश्वकपले संसारलाई बाँध्छ । विश्वको हरेक कुनाबाट अरबौं प्रशंसकहरूलाई आकर्षित गर्दछ तर मोरक्कोमा क्रूर सडक सफाई अभियानमा ३ लाख कुकुरहरू मारिइ सकेका छन्। फिफा फुटबल प्रतियोगिता मात्रै होइन, यो विश्वभरका मानिसहरूलाई जोड्ने सांस्कृतिक कार्यक्रम पनि हो।

यो खेल प्रशंसकहरूका लागि भावनात्मक यात्रा हो, जो यसलाई प्रत्यक्ष वा अन्य कुनै माध्यमबाट हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्। खेलसँग यति धेरै भावना र जोश जोडिएको कार्यक्रम निर्दोष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्न आयोजक राष्ट्रहरूमा ठूलो जिम्मेवारी हुनेछ । तर, मोरोक्कोले भने ३० लाख कुकुर मारिने भए पछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.