Connect with us

समसामयिक

विपदमा परेर रौतहटमा मात्र ३८ को मृत्यु, एक बेपत्ता, करोडौंको क्षति

Published

on

विपदमा परेर रौतहट जिल्लामा १ वर्षमा ३८ जनाको मृत्यु,१ बेपत्ता,५० बढी घाईते हुनुका साथै करोडौंको क्षती भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा विपद जन्य घटनामा परेर ३८ जनाको ज्यान जानका साथै करोडौंको क्षती भएको हो।

यो एक बर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्

त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाईते भएका थिए। आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाईते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ।

त्यसैगरी अबिरल बर्षा संगै १४ वटा बिभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षती भएको थियो। गत आर्थिक बर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाईते भएका थिए।

सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाईते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाईते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक बर्षमा कुल ३२५ वटा भएको बिपद जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षती,२ हजार ७२ परिवार प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थीक बर्षमा  जिल्ला बिपद व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप बितरण गरिएको सिडियो हिरालाल रेग्मीले जानकारी दिएका छन।
अबिरल वर्षासँगै आउने बाढीको समय सचेत रहन तथा बालबालिका लाई निगरानी गर्न प्रहरीले सूचना मार्फत पटकपटक आग्रह गर्दै आएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.