Connect with us

अन्तर्राष्ट्रिय

बिगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ बढी ठुला आगलागी

Published

on

विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ भन्दा बढी आगलागी भएका छन्।

क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ। यो क्षेत्रमा चिसोको कमी छ। यसबाहेक यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो पनि रहेको छ। जसका कारण गर्मी मौसममा यहाँ जङ्गलमा आगलागी हुने गरेको छ । 

यो क्रम वर्षायाम नआएसम्म जारी रहन्छ । तर, पछिल्ला केही वर्षयता हरेक मौसममा आगलागीका घटना बढ्दै गएका छन् ।

विगत ५० वर्षमा क्यालिफोर्नियाको जङ्गलमा ७८ वटा भन्दा बढी ठुला आगलागी भएका छन् । क्यालिफोर्नियामा जंगल नजिकको आवासीय क्षेत्रहरू बढेका छन्। यस्तो अवस्थामा आगलागी हुँदा क्षति बढी हुने गरेको हो ।

सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागीको घटनाको रूपमा लिइन्छ । यो बेला करिब ८३ हजार एकड क्षेत्रफल ओगटेको थियो । करिब ३ लाख मानिस घरबार छोडेर अन्य सहरमा जान बाध्य भएका थिए ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.