Connect with us

समसामयिक

बारामा ९ वर्षिया बालिका करणी आरोपमा ३१ वर्षिय युवक पक्राउ

Published

on

बारा सिम्रौनगढ नगरपालिकास्थित ९ बर्षियाबालिकालाई  जबरजस्ती करणीको गम्भीर अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेन्टा टोल निवासी ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखाना लाई बताएका छन्।

पिडित बालिकाका परिवारजनले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। बालिकामाथि यौन दुर्व्यवहार तथा जबरजस्ती करणी गरिएको उल्लेख गर्दै पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि यादवले गम्भीर आपराधिक कार्य गरेको पुष्टि हुनसक्ने देखिएको छ। पक्राउ परेका यादवमाथि हाल कसुरअनुसारको कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ।

यस घटनाले समुदायमा स्तब्धता फैलाएको छ भने स्थानीय स्तरमा बालबालिकाको सुरक्षाका विषयमा चिन्ता बढेको छ। प्रहरीले पिडित पक्षलाई आवश्यक सहयोग र संरक्षण प्रदान गरिरहेको जनाएको छ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.