हाम्रो मिशन

पाठक तथा दर्शकलाई जाली समाचारको भ्रमबाट सत्य सूसुचित गराउनु यसबेलाको सबैभन्दा मुख्य चुनौती हो । अर्थात पाठक तथा दर्शकलाई जाली सूचनाको बाढीबाट जोगाएर आगोको रापबाट खारिएको फलाम जस्तै तथ्यपूर्ण सूचना पस्कनु स्वाभिमानी सञ्चार संस्थाको यसबेलाको प्रमुख जिम्मेवारी हो । 
अरुलाई निराधार पीडा दिएर ‘कमाउँ र रमाउँ’ को दुषित मानसिकताभन्दा फरक, सत्यको आरनबाट तथ्य पस्कने प्रणका साथ हामी यहाँहरु माझ हाजिर भएका छौं । तसर्थ नेपालमुहारडटकम स्थापनाको चुरो उद्देश्य पाठक तथा दर्शकमा तथ्यपूर्ण सूचना र समाचार सम्प्रेषण गर्नु हो, मुलुकको मुहार जस्ताको तस्तै देखाउनु हो, न कि भिडमा भिड जोड्न र उस्तै एवं एउटै जिम्मेवारी निर्वाह गर्न थप अनलाइन पोर्टल जरुरी छैन भन्नेमा हामी स्पष्ट छौं । जाली समाचारको भ्रममा परेका पाठकलाई तथ्यपूर्ण सूचना दिने प्रतिवद्धतामा हामी रौं बराबर तलमाथि हुने छैनौं ।
 

हाम्रो भिजन

प्रविधिको सहजतासँगै सञ्चार माध्यमको भिड लागिरहेका बेला गहन खोज तथा अनुसन्धानात्मक सूचना र समाचार पस्कने संकल्पसहित हामीले नेपालमुहार (nepalmuhar.com) अनलाइन समाचार पोर्टल सुरु गरेका हौं । ‘थितिलाई प्रोत्साहन, वेथितिलाई प्रहार’ हाम्रो खास दृष्टि हो । 
राज्यका रुपमा स्थापित भएयता वर्तमान नेपाल भ्रष्टाचार, बेथिति, अनुशासनहीनता, नीतिहीनता, पद्दति तथा प्रणालीप्रतिको धज्जी, स्वेच्छाचारिता, झुट एवं ठगी र बिचौलिया धन्दाको सुवर्ण भूमि बनिरहेको छ । यिनै बेथिति एवं बिचौलिया धन्दालाई तथ्य–प्रमाणसहित सार्वजनिक गर्ने हाम्रो दृष्टिकोण हो । तसर्थ ‘थितिलाई प्रोत्साहन, वेथितिलाई प्रहार’ हाम्रो मुल नीति हुनेछ ।

about us image

हाम्रोबारे

हामी न कसैको पक्षमा हुनेछौं, न कसैको विपक्षमा, मात्र निश्पक्ष सूचना प्रवाह गरेर सत्यलाई जस्ताको तस्तै उजागर गर्ने दृढ संकल्प गर्दछौ । दुषित मनसायबाट गरिएका गलत कर्महरु विलिन हुनु अघि नै तथ्यको कसीमा परीक्षित भएर त्यसको आवाज सूचना र समाचारमार्फत मुखरित भइसक्नु पर्छ भन्ने हाम्रो मान्यता छ । यही मान्यतामा रहेर अक्षर एवंं आवाजमार्फत पाठक तथा दर्शकलाई सत्य सूसुचित गराउने प्रण गर्दछौं ।

DONATE