Connect with us

समसामयिक

एसिसी महिला यु-१९ः मैदानमा झरी परे पछि नेपाल भारतले अंक बाँडे

Published

on

मौसमका कारण खेल रद्द भए पछि नेपाल र भारतले अंक बाडेका छन् । एसिसी महिला यु– १९को जारी खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतलेमा अंक बाँडेका हुन् ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको हो । 

त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भाव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ ।  यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेको छ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै भारतलाइ ९४ रनको लक्ष्य दिएको थियो ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.