Connect with us

अर्थ

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभाको तयारी

Published

on

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै छ । सभामा बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार सेयरधनीहरुको हात यसवर्ष खाली हुने भएको छ । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.