Connect with us

खेलकुद

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

Published

on

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी भारी मतले निर्वाचित भएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धाी प्रकाश तिमल्सिनालाइ पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । 

अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मतमा सिमित भए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् । खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सिमित भए ।

यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.