Connect with us

राजनीति

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

Published

on

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् ।

ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ ।

यस घटनालाई सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ । यसले सत्ता गठबन्धन तलमाथि नहुने भएपनि गठबन्धनमा सबै कुरा ठिक नभएको रुपमा बुझिएको छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.