Connect with us

अन्तर्राष्ट्रिय

नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

Published

on

अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार  एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो । 

नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ। उनीहरुलाई स्थानीय भाषामा डकैत भनिन्छ । यी लडाकुहरूले गाउँहरूमा आक्रमण गर्छन्, फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्छन् र उनीहरूको घर जलाउँछन्। जसका कारण यहाँका सर्वसाधारणले पनि आत्मरक्षाका लागि बन्दुक लिएर अपराधीलाई इलाकाबाट धपाउने गरिरहेका हुन्छन् ।

शनिबार पनि जाम्फाराको डांगेबे गाउँमा लुटेराले आक्रमण गरी धेरै जनावरहरू लुटेका थिए । यसपछि गाउँलेहरूले उनीहरूलाई बन्दुकले आक्रमण गरेका थिए । र, उनीहरूलाई लखेटेर  फर्कँदै गर्दा टुङ्गर कारा गाउँ नजिकै उनीहरूमाथि लडाकू विमानले गोली प्रहार गरेको हो ।

एम्नेस्टी इन्टरनेसनलले मृत्यु हुनेको संख्या २० पुगेको बताएको छ । नाइजेरियाली अधिकारीहरूलाई यस हवाई आक्रमणको तत्काल र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यो घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.