Connect with us

खेलकुद

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाइ

Published

on

अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू_ राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ ।

 
ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए । 

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

 
प्रतियोगिताको विजेता एनसिआइटी कलेजले नगद ६० हजार रुपैँयासहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लिबर्टी कलेजले नगद ४० हजार रुपैँया सहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ । 

कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा कार्यक्रम संयोजक उमेश भण्डारीले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन । यस्ता कार्यक्रमले विद्यार्थी बिच एकता र सहयोगको भावना विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल हुने उनले बताए ।

दोस्रो पीयू कप फुटसल प्रतियोगिता विद्यार्थीहरूबिच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश दिन सफल भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीले बताए ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.