Connect with us

समसामयिक

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडबाट अपहरण

Published

on

मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट उद्धार गरेको छ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार मार्च २४ गते अमेरिकन महिला अपहरणमा परेकी थिइन्।

ती महिलालाई हेटौंडा पुर्‍याएर लामाले तीन लाख रुपैयाँ युरो मागेकी थिइन्। अमेरिकी दूतावासले उक्त सूचना दिएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा जुटेको थियो।

मंगलबार दूतावासले प्रहरीलाई खबर गरेको थियो। जिसीका अनुसार लामाले महिलालाई होटलबाट सोमबार अपहरण गरेकी थिइन्। महिला साथीहरूसँग मुक्तिनाथ घुम्न आएकी थिइन्।

‘पीडितलाई बन्धक बनाएर फिरौती रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले फेला पारेर मुक्त गरी अपहरणमा संलग्नलाई पक्राउ गरेको हो,’ जिसीले भने।

अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.