Nepalmuhar Full version →
राजनीति

आज एक बजेबाट संसद्‌ बैठक, बजेटमाथि छलफल सुरु हुने

Nepalmuhar June 1, 2026
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेबाट बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३र०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री वाग्लले छलफलका लागि प्रस्ताव गरेसँगै बजेटमाथिको छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो । हिजोको बैठकमा सभामुखले जबरजस्ती गरेको भन्दै विपक्षीहरुले बैठकमा तमासा देखाएका थिए भने सत्तारुढ दलकी आशिका तामाङले पनि आफ्नो सक्कली स्वरुप देखाएकी थिइन् ।

हिजोको संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद अवरुद्ध गर्ने संभावना छ ।
संसद् बैठक बजेटमाथि छलफल