Nepalmuhar Full version →
राजनीति

एमालेमा यस्तो छ, सबै नेताको कार्यविभाजन (हेर्नुहोस् अपानि)

Nepalmuhar May 30, 2026
📄 Download PDFएमालेमा यस्तो छ, सबै नेताको कार्यविभाजन (हेर्नुहोस् अपानि)

चार दिनसम्म चलेको सचिवालय बैठकपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै केन्द्रीय सदस्यहरुको कार्य विभाजनसहित ‘अन्तर पार्टी निर्देशन–२ (अपानि)’ जारी गरेका छन्।

हिजो शुक्रबार साँझ जारी ४६ पेज लामो अपानिमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरिएको छ । अध्यक्ष ओलीले अपानिमार्फत केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गरेका छन्। अपानिमा संगठन सुदृढिकरणको लागि  ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णयसहितका विषय छन्। 

अपानिमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइको विषय, मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेशण, नेताहरूको कार्य विभाजनसँगै सचिवालय बैठकका निर्णयहरू समेटिएका छन्। एमालेले आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यानमा राख्दै अध्यक्ष ओलीसहितका पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल र विभागको जिम्मेवारी तोकेर अपानि जारी गरेको हो। 

अपानि अनुसार अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने  उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ ।


एमाले कार्यविभाजन