Nepalmuhar Full version →
खेलकुद

एसियन गेम्स छनोटः नेपालद्वारा चीनलाई ३१४ रनको विशाल लक्ष्य

Nepalmuhar May 31, 2026
नेपालका लागि कुशलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गरे
कुशल भुर्तेलले सानदार शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनलाई जितका लागि तीन सय १४ रनको विशाल योगफल दिएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनायो । नेपालका लागि कुशलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गरे । कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाए।

उनले खेलको नवौँ ओभरमा ६ छक्का हान्दै एउटै ओभरमा ३७ रन बनाए । कुशल मल्लले ४७ बलमा ८५ र रोहित पौडेल २१ बलमा अविजित ६९ रन जोडे ।

नेपालले टी(२० क्रिकेटमा बनाएको यो सर्वाधिक दोस्रो योगफल हो । यसअघि नेपालले गत एसियन गेम्समा मंगोलियाविरुद्ध तीन सय १४ रनको योगफल बनाएको थियो । बलिङमा चीनका मा कुइनचेन र डेङ्ग जिङ्कीले एक एक विकेट लिएका थिए। 
एसियन गेम्स छनोट कुशल भुर्तेल